उपत्यकाका सडक भताभुंगः खन्दै, पुर्दै, फेरि खन्दै

फाइल फोटो

सडक डिभिजन कार्यालय काठमाडौँ र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने।

खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे।

एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो । खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन्।

ढलको मंगाल पनि खुलै छाडिएको छ । चाबहिलका प्रकाश ढकालका अनुसार चाबहिल–चुच्चेपाटी सडक काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन कार्यालय काठमाडौँ, उपत्यका सडक विस्तार आयोजना, केयुकेलगायत निकायले ढल र खानेपानी पाइप राख्ने नाममा बारम्बार खन्दै र पुर्दै आएको छ । यो समाचार नागरिक दैनिकमा श्याम राईले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31895