रवीन्द्र अधिकारीका उत्तराधिकारी पर्यटनमन्त्री भट्टराई किन आलोचित?

फाइल फोटो

डेढ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो।

समाजिक संजाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे।

सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा भट्टराई आएका थिए। संसद यसअघिका राजनीतिक मोर्चामा प्रभावकारी भूमिका निर्वाह गरेका युवा नेताको मन्त्रिमण्डल प्रवेश भएसँगै चर्चा चुलिएको थियो तर तिनै युवा नेता भट्टराईमाथि मन्त्री बनेको डेढ महिनामै आलोचनाका स्वर चर्किन थालेका छन्।

किन यस्तो अवस्था आयो? यसका पछाडि उनले गरेका केही प्रतिनिधिमुलक काम जिम्मेवार छन् । उनले गरेको ‘पशुपतिको गंगा आरतीमा राष्ट्रिय गान’ बजाउने निर्णय निकै आलोचित छ। ‘राष्ट्रिय जगेर्ना गर्ने नाममा आर्यघाटनजिक हुने आरतीमा राष्ट्रिय गान कति अनिवार्य हो?’ नागरिकस्तरबाट प्रश्न उठेको छ। यो समाचार कान्तिपुर दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31925