कर्णेल रविन्सनलाई बेलायती गोर्खा सैनिकहरुको ‘गार्ड अफ अनर’

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-

लण्डन । केन्ट फोक्स्टन, सनक्लिफस्थित सर जोनमोर व्यारेकमा कर्णेल जेजि रविन्सन सिविईलाई पहिलो गोर्खा बटालियन (वानआरजिआर) का सैनिकहरुले ‘गार्ड अफ अनर’ दिएका छन्।

ब्रुनाई राजदरबारकालागि सुरक्षामा तैनात भईरहेका दोस्रो गोर्खा बटालियन (टु आरजिआर) का सैनिकहरुले भने गत महिना रविन्सनलाई ‘गार्ड अफ अनर’ दिदै विदाई गरेका थिए।

सन् २०१२ डिसेम्बरमा कर्णेल व्रिगेड अफ गोर्खाजमा नियुक्ति भएका कर्णेल रविन्सनलाई बटालियनको मन्दिरमा पन्डित शंकरमणि नेपालद्वारा पुजा आराधाना गरी विदाईको कार्यक्रम सुरुवात गरिएको थियो।

कर्णेल जेजि रविन्सन

कमाण्डिङ अफिसर लेप्टिनेन्ट कर्णेल कोन्र्‍रे, गोर्खा मेजर मेजर ललित गुरुङ र रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान नरवीर गलामीलगायत सम्पूर्ण सैनिकहरुले फुलमाला लगाई विदाई गरेका हुन्।

यातायात विभागद्वारा सहिसजावट गाडीमा नेपाल, वेलायत र आरजिआरको झण्डा फर्रफराउदै गाडरुमसम्म तानेर पुर्याएका थिए। गाडरुम पुगेलगत्तै कर्णेल जेजि रविन्सन सिविईलाई पहिलो गोर्खा बटालियन (वानआरजिआर) का सैनिकहरुले ‘गार्डअफअनर’ दिएका हुन्।

कर्णेल रविन्सनले भने ‘व्रिगेड अफ गोर्खाजभित्र पहिलो र दोस्रो गोर्खा बटालियनका महत्वपूर्ण कार्यका कारण तेस्रो गोर्खा बटालियन स्थापना भएको हो, गोर्खा सैनिकहरुको शिर जहिले पनि उच्च रहिरहने छ भन्ने विश्वासमा म पुर्ण विश्वस्त छु।’ विएफविएस गोर्खा रेडियोको ट्रान्समिटर थपेर बेलायत र नेपालको विभिन्न शहर र गाँउहरुमा पुर्याउने उद्देश्य रहेको बताउदै बेलायत र नेपालमा रहेका आफन्त परिवारबीच गोर्खा रेडियोले झनै नजिक तुल्याउने उनको भनाई थियो।

कार्यक्रमका अन्त्यतिर बटालियनका सवै भन्दा कान्छो सैनिकले माल्यार्पण गर्दै पहिलो गोर्खा बटालियनको तर्फबाट मायाको चिनो स्वरुप चाँदीले बनाईएको ‘निशानीमाई’ उपहार दिएका थिए।

को हुन् कर्णेल जेम्स रविन्सन?

नेपाल सुनसरी धरानमा जन्मिएका कर्णेल जेम्स रविन्सन सन् १९८४ मा बेलायती सैनिक अधिकृतमा चयन भई सातौ ड्यूक अफ एडिनवर्गको आफ्नै गोर्खा राइफल्समा भर्ति भएका हुन् । उनले पहिलो केही बर्ष हङकङ, ब्रुनाई, नेपाल र कोरियामा सैनिक सेवा गरेका थिए। ब्रुनाईमा एक कुशल प्रशिक्षक, एडजुटन्ट र कम्पनी कमाण्डर लगायतका धेरै रेजिमेन्टल नियुक्तिहरुको अविभारा निभाएका थिए।

सैनिक मुख्यालयको निर्देशन अनुसार रविन्सनले लाईट डिभिजन र द रोयल गोर्खा राइफल्सका निम्ति पेशा व्यवस्थापन अधिकृतका रुपमा र सैनिक सचिव एमएको अनुभब पनि गर्न पाएका थिए।

लेफ्टिनेन्ट कर्णेल पदोन्नतीकालागि उनलाई ६ महिना इराक, बगदादको मुख्यालय बहुराष्ट्रिय फोर्समा लडाईको रणनीतिक सूचना अपरेशनमा काम गर्न पठाइएको थियो। रविन्सनको काम प्रतिको बफादार र ईमान्दारीताको कदर गर्दै अमेरिकन ‘कास्यपदक’ बाट सम्मानित गरिएको थियो।

सन् २००५ मे देखि उनले ल्याण्ड वारफेर सेन्टरमा एसओ अधिकृतका रुपमा कनिष्ठ रणनीति र युवा अधिकृतहरुलाई शिक्षा प्रदान गर्ने जिम्मेवारका रुपमा करिब एक बर्ष खटिएका थिए। उत्तर योर्कशायरस्थित बेलायती गोर्खा सैनिक तालिम केन्द्रमा कमाण्डिङ अफिसरको दरबन्दी पश्चात उनी जनरल स्टाफको व्रिफिङ टिम प्रमुखका रुपमा तीन बर्ष भन्दा बढी समय खटिए । बेलायती सैनिक मुख्यालय बोर्डलाई सुझाब दिनकालागि वर्तमान मुद्घाहरुमा विभिन्न युनिट र परिवारहरुको अपडेट गर्न् विश्वव्यापी सेनाको भ्रमण गर्ने अवसर कर्णेल रविन्सनले पाएका थिए।

सन् २०१२ मा उनी नाटो प्रशिक्षण मिसनको एक हिस्साको रुपमा अफगानिस्तानको राजधानी काबुलमा खटिएका थिए। जसले अफगान राष्ट्रिय सैनिकहरुका संरचना विस्तार गर्न, उपकरण प्राप्त गर्न र नयाँ अफगान राष्ट्रिय सैनिक इकाइहरुलाई यस क्षेत्रमा पुर्याउन मुख्य जिम्मेवारी जस्ता कार्य सम्पादन गर्न पाएका थिए।

कर्णेल रविन्सनसगँ उत्तरी आयरल्याण्ड, बोस्निया, कोसोभो, सियरालियोन, इराक र अफगानिस्तानको लडाईको अनुभव छ। कर्णेल जेम्स रविन्सन सिविइ विवाहित गोर्खा सैनिक अधिकृत हुन्। उनलाई खेलकुद र बाहिरी गतिविधिहरु ज्यादै रमाइलो लाग्ने उनका हितैषी मित्रले बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31979