नेपाल-चीन शैक्षिक सम्बन्ध, साढे छ हजार विद्यार्थीलाई छात्रवृत्ति

नेपाल – चीन

नेपालबाट वर्षेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन्।

उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन्।

नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्रा्ष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालय जाने गरेका छन्। निजी लगानीमा उच्च शिक्षा अध्ययनका साथै चीन सरकारबाट बर्से्नि सयौँ विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छन् । सन् १९५८ बाट नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको चीन सरकारले हालसम्म साढे छ हजार नेपालीलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गरिसकेको छ।

चीन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गत वर्ष उच्च शिक्षाका लागि ५० सिट उपलब्ध गराएको थियो। मन्त्रालयअन्तर्गतको छात्रवृत्ति शाखाका अनुसार इन्जिनियरिङका लागि २६, कृषिका लागि छ, वनका लागि चार, विज्ञान तथा प्रविधिका लागि पाँच र मानविकीका लागि एक जनालाई छनोट गरी पठाइएको थियो।

उनीहरूले स्नातकोत्तर तहका लागि छात्रवृत्ति पाएका थिए। आठ जनाले विद्यावारिधिका लागि पनि छात्रवृत्ति प्राप्त गरेका थिए । स्नातकोत्तर तहका लागि दुईदेखि तीन वर्ष र विद्यावारिधिका लागि बढीमा पाँच वर्षका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको छ। यो समाचार गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32200