अष्ट्रेलियामा सम्पन्न दोश्रो सहारा कपबाट संकलित रकम सहारा क्लव पोखरालाई हस्तान्तरण

फोटोः सुदर्शन रञ्जित


दीननाथ बराल –

पोखरा, अष्ट्रेलियामा हालै सम्पन्न भएको दोश्रो सहारा कप २०१९ बाट संकलित रकम सहारा क्लव पोखरालाई हस्तान्तरण गरिएको छ।

सहारा क्लब अष्ट्रेलियाले सिड्नीमा सम्पन्न गरेको उक्त प्रतियोगिताको फाईनल खेलमा टिकटबाट उठेको ७७ हजार ६ सय १० (९९५ अष्ट्रेलियन डलर) पोखराको सहारा क्लवलाई सोमबार पोखरामा हस्तान्तरण गरिएको हो।

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित सहारा फुटबल एकेडेमीको सहयोगार्थ संकलन गरेको अध्यक्ष थकालीले बताए । उक्त रकम अष्टे«लियामा नेपालीहरुले आयोजना गरेको फुटबल प्रतियोगितामा पहिलो पटक टिकट को व्यबस्था गरेको हो।

अष्ट्रेलिया नेपाली फुटबल एसोसियसन (एन्फा) को सहकार्यमा सहारा क्लब अष्ट्रेलियाले वार्षिक रुपमा आयोजना गर्दै आएको छ । प्रतियोगितामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको १६ टिमको सहभागि रहेको थियो । प्रतियोगितामा सेनजोर्ज नेपेलिज फुटबल टिम प्रथम भएको हो। फाईनल खेलमा नेपेलिजले माछापुच्छ्रे एफ.सी. लाई पराजित गर्दै उपाधि सहित २ हजार डलर हात पार्न सफल भएको हो। दोश्रो भएको माछापुच्छ्रे एफ.सी.ले १ हजार डलर नगद पुरस्कार प्राप्त गर्यो।





Comments

comments

32247