सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ।
तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ। प्राशसनिक भवन पनि अन्तिम चरणमा पुगेको छ। मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ।
टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ।
आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा सलमान खानले लेखेका छन्।