नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन्।
उनले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस पार्टी फुटाउको आरोप लगाएका छन्।
उनले भनेका छन्,‘ शेरबहादुरजीले कार्यकर्ताहरुकै विश्वास जित्नुभएको हो। यद्यपि उहाँले काँग्रेस फुटाएकै हो। प्रजातन्त्र राजालाई बुझाएकै हो।’ उनले देउवाले पार्टीलाई एक ढिक्का गर्न नसकेको भन्दै अब कोइराला परिवारले पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या बढाउने प्रस्तावप्रति पनि उनले विरोध गरेका छन्। (कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानी)
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)