त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे २ महिनाभित्रै सञ्चालनमा आउने

फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईवटा पार्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ।

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरिरहेको छ।

दक्षिणतर्फको पार्किङ वे असोज महिनादेखि नै तयार गर्ने भनिएपनि सामाग्री आपूर्ती लगायत समस्याले केही ढिला हुने गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32644