हङकङः चुन वानको सडक छेउ अचेत भेटिएका युवकको मृत्यु! २ को अवस्था गम्भीर!!

घाइते युवक

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ नोभेम्बर। हेर्दा प्रदर्शनकारी जस्ता देखिएका अन्दाजी २० वर्षीय युवकको बुधवार राति मृत्यु भएको छ।

रगताम्य र अचेत अवस्थामा भेट्टिएका कालो वस्त्र लगाएका युवकलाई यान चाई अस्पताल लगिए पनि उनको मृत्यु भएको जनाइएको छ। केही मिडियाले उचाईबाट खसेको हुन सक्ने बताए पनि पुष्टि भएको छैन। कसैले उनीमाथि आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै बुधवार दिउँसो प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ। अर्का १५ वर्षीय किशोरको अवस्था पनि चिन्ताजनक रहेको जनाएको छ। टाउकोमा प्रहरीको टियर ग्याँस लागेर घाइते भएका किशोरको चुन मुन अस्पतालमा ४ घण्टा ब्रेन सर्जरी गरिएको जनाएको छ।

थप फोटो हेर्न यहाँ क्लिक गर्नुहोस्

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32656