मिस पूर्वाञ्चलको दसौं संस्करणको अडिसन मंसिर ४ मा

फाइल फोटो

साैरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान। बिगत ९ बर्षदेखि संचालन भैरहेको पूर्वको पुरानो तथा सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिशन आगामी मंसिर ४ गते धरानको फ्रेण्डस गार्डेनमा हुने भएको छ।

अडिशन अघि धरान, इटहरीलगायतको बिभिन्न कलेजहरुमा समेत मिस पूर्वाञ्चलको कलेज एक्टिभेशन कार्यक्रम आयोजना गरिने छ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा तथा सिजी ब्रुअरीको मुख्य प्रायोजनमा हरेक बर्ष कम्तीमा १२ कक्षा पढ्दै गरेका पूर्बी नेपालका युवतीहरुलाई सहभागी गराइने कार्यक्रममा अनलाइन तथा एसएमएसबाट फर्म भरेका तथा अन्य इच्छुकहरुलाई निशुल्क अडिशनमा सहभागी गराईनेछ।

मिस पथरी २०१९ बिजेता रिजु भट्टराई र मिस इटहरी ब्युटी आईकन २०१९ की बिजेता प्रेजिना नेपाल बिना अडिशन मिस पूर्वाञ्चल २०१९ मा सहभागी हुनेछन।

छानिएका प्रतियोगीहरुलाई एक महिना व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।

मिस पूर्वाञ्चलको कोरियोग्राफी प्रियारानी लामाले गर्नेछिन्। आगामी पुष ५ गते ग्रान्ड फिनाले गरि मिस पूर्वाञ्चल २०१९ सहित फर्स्ट रनर अप , सेकेन्ड रनर अप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस चार्मिंग, मिस फ्रेन्डशिप, मिस मल्टिमेडिया लगायतका बिभिन्न सब – टाइटललाईको घोषणा गरिनेछ।

बिजेताले रु. दुइ लाख या स्कुटी , फर्स्ट रनर अपले रु. एक लाख र सेकेन्ड रनरअपले रु. पचास हजार राशीको पुरस्कार पाउनेछन् भने सब-टाइटल बिजेताले रु १५ हजार पुरस्कार स्वरुप पाउनेछन्। पुरस्कारहरुमा केही थप पनि हुने र दसौं संस्करणलाई भब्य रुपमा आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।





Comments

comments

32714