कहाँबाट आउँछन् अवैध हतियार?

फाइल फोटो

मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला पर्यो।

त्यसको २० दिनअघि नेपालगन्जमा पनि बा १८ च ४२११ नम्बरको निजी कारबाट प्रहरीले हतियार बरामद ग¥यो । रेस्टुराँ नजिकै पार्किङमा राखेको सन्दीपजङ्ग शाहको कारको सिटमुनि हतियार रहेको विशेष सुराकीका आधारमा बरामद भएको दाबी प्रहरीको छ।

विशेष सुराकीका आधारमा हतियार बरामद भएका यी दुई घटना रहस्मय छन् । प्रहरीले कसैलाई ‘फसाउन’ षडयन्त्रपूर्ण ढङ्गले हतियार राखेको हो वा साच्चै सुराकी लगाएर अवैध हतियार बरामद गरेको हो, अनुसन्धान जारी छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक वर्ष करिब छ सय अवैध हतियार बरामद हुने गर्छन् । तीमध्ये लामो हतियारको सङ्ख्या बढी छ।

छोटो हतियारमा कटुवा पेस्तोल र स्वचालित पेस्तोल बढी भेटिने गरेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा लामो ४२ थान, छोटो ३७ थान, गोली चार हजार ८६९ राउन्ड बरामद भएको छ । बरामद हतियारसँगै एक सय तीनजना पक्राउ परेका छन् । यो समाचार गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32815