सभामुखको अधिकार खोज्दै उपसभामुख

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे (फाइल फोटो)

प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन्।

-

सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी उनले सभाले आह्वान गर्ने बैठकदेखि पारित विद्येयक प्रमाणिकरण गर्ने विषयमासमेत चासो देखाउन सुरु गर्दै सक्रियता देखाउन थालेकी हुन्।

संविधान र प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीले दिएको अधिकारभन्दा बाहिर गएर उपसभामुखले अधिकार खोजेको भन्दै उनको आलोचनासमेत हुन थालेको छ। यो समाचार राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।





Comments

comments

32860