निगमलाई चीनका लागि उडान अनुमति प्राप्त

फाइल फोटो

नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ।

उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ।

निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले निगमलाई उडान अनुमति दिएको बारेमा जानकारी गराइसकेको छ।

निगमले चीनमा उडान गर्न सीएएसीसँग गत असारमै उडान अनुमति माग गरेको थियो । निगमले अनुमाति माग गरेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेसनसँग आवद्ध थप काजगात मागेको थियो । यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन्।





Comments

comments

32912