मिस पूर्वाञ्चलको फेस अफ डिभाईन

फेस अफ डिभाईन

सौरभ श्रेष्ठ
/ एचकेनेपाल डट कम –

धरान, पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित नेपाल आईस ‘मिस पूर्वाञ्चल’को दसौं संस्करणको अहिले भब्य तयारी भैरहेको छ।

आगामी पौष ५ गते धरानमा आयोजना हुने यस प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरु मध्येको सबैभन्दा बढी फेसबुकमा लाइक पाउने प्रतिस्पर्धीले फेस अफ डिभाईन टाइटलसहित नगद रु १५ हजार पुरस्कार पाउनेछन्।

मिस पूर्वाञ्चलको दसौ संस्करणको डिभाईन वाइनको उत्पादक श्री महाकाली वाइन प्रा लि . सह -प्रायोजक रहेको छ। गत बर्ष उक्त टाइटल सबैभन्दा बढी लाईक पाएर प्रतियोगी आकृति आचार्य ले पाएकी थिइन्।

यो बर्ष मिस पूर्वाञ्चलको दसौ संस्करणमा धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत , सुष्मिता बराईली ,निभेदिता राजभण्डारी, स्वेता पोख्रेल ,मोनालिषा राई, शशि बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु , रतुवामाई – इटहराबाट बिपना तामांग , उर्लाबारीबाट मिलिमा श्रेष्ठ ,इटहरीबाट गोमा बिश्वकर्मा , निशा धिताल ,अस्मिता लिम्बु , वर्षा श्रेष्ठ , प्रिजनी नेपाल खोटांगबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई , रेजिना राई र धनकुटाबाट रेश्मा राई र अन्जु बूढाथोकी प्रतिस्पर्धी रहेका छन्। सिल्भर इन्टर टेनमेन्टको आयोजक रहेको मिस पूर्वाञ्चल २०१९ को सबै प्रतिस्पर्धीहरू फिनालेको लागि प्रशिक्षणमा ब्यस्त छन्।

यो बर्षको फेस अफ डिभाईनको टाइटल जित्न डिभाईन वाइनको अफिसियल फेसबुक पेज व्व्व मा रहेको प्रतियोगीको फोटो लाइक तथा शेयर गर्नुपर्ने हुन्छ।

https://www.facebook.com/divinewinenepal/





Comments

comments

33031