ट्राफिक नियम मिच्नेलाई सुन्दरीले दिईन् चकलेट

१

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, इटहरी र मिस पूर्वाञ्चल २०१९ का २० जना प्रतियोगीहरु कोही इटहरी चोकमा पैदल यात्रीहरुलाई जेब्रा क्रसिंगमा हिड्न सिकाउदै थिए भने कोही हेल्मेटको तुना नलगाई बाइक कुदाउनेलाई तुना लगाएर हिडनुपर्छ भन्दै सिकाउदै थिए।

२

प्रतियोगीहरुलाई विभिन्न तालिम दिने क्रममा ट्राफिक सचेतना सम्बन्धी तालिम दिदै एकदिन स्वयंसेवकको रुपमा ट्राफिक प्रहरीहरुसंगै खटाईएको थियो।

३

ट्राफिक प्रहरीको अगुवाइमा प्रतियोगीहरु बीरेन्द्र चोक , पश्चिम लाइन , पूर्व लाइन र बिराटनगर लाइनमा खटिएका थिए।

उनीहरुले ६० जना जति नियम मिच्ने सवारी चालकहरुलाई फेरि यस्तो नगर्न र सम्भावित दुर्घटनाबाट बच्नको लागि अनुरोध गर्दै सबैलाई चकलेट वितरण गरेका थिए।

४

१ न. प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पूर्वाञ्चल लुब्रिकेन्ट्स ,बिराटचोकको सहयोगमा इटहरीमा गरिएको ट्राफिक सचेतना कार्यक्रम अघि प्रतियोगीहरुलाई १ न. प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक भिमबहादुर दाहाल र प्रहरी निरीक्षक होमनाथ दाहालले ट्राफिक नियम सम्बधी तालिम दिएका थिए।





Comments

comments

33076