पाइपलाइनबाट १७ करोड लिटर डिजेल

फाईल फोटो

तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झण्डै १७ करोड लिटर डिजेल आयात भएको छ।

गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रुपमा डिजेल आउन थालिसकेको थियो।

नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार तीन महिना अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ।

अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको बताए।

पाइपलाइनबाट तीन महिनामा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेलको आयातसँगै ६ करोड रुपैयाँ बचत भएको उनको भनाई छ। यो समाचार कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन्।





Comments

comments

33098