दुर्घटनाको डरलाग्दो तथ्यः बारम्बारको दुर्घटना, ‘शवको बिस्कुन’

फाइल फोटो

‘बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ।’

१० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्र्नेहरूको सङ्ख्या दोब्बर छ।

२०५२ साल फागुनदेखि २०६२ सालसम्म १० वर्षे जनयुद्धमा १२ हजारको मृत्यु भएको दाबी गरिएको छ । सवारी दुर्घटनामा भने पाँच वर्षको अवधिमा १२ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त सवारी दुर्घटनासम्बन्धी आर्थिक वर्ष २०७०/२०७१ देखि आर्थिक वर्ष २०७५/२०७६ को तथ्याङ्कबाट सो कुरा स्पष्ट हुन्छ । आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ८७ वटा सवारी दुर्घटनामा परी दुई हजार एकसय ६० जनाको मृत्यु भएको छ।

त्यस्तै, आर्थिक वर्ष ०७०/०७१ मा १६ हजार सात सय दुर्घटना हुँदा एक हजार सातसय ८७ जनाको मृत्यु भएको थियो भने नौ हजार चारसय ६० जना गम्भीर र तीन हजार दुई सयजना सामान्य घाइते भएका छन्।

पाँच वर्षको अवधिमा साना–ठूला गरी ८४ हजार छसय ३६ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी करीब १२ हजार तीनसय ७८ ले ज्यान गुमाएको तथ्याङ्कबाट स्पष्ट हुन्छ। यो समाचार गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।





Comments

comments

33144