सभामुख चयनमा सकस: चर्चामा नेम्वाङ र सापकोटा

प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अझै निर्णाय लिन सकेको छैन।

शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन।

तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा रहे । सभामुख चयनका केही विकल्पमा सत्तारूढ नेकपाको नेतृत्व तहमा छलफल चलेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक भएका भेटवार्तामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

नेकपाभित्र सभामुखको दाबी प्रस्तुत गरिरहेका नेताहरूले आआफ्नो सम्भावना बढी भएको निकटस्थ नेतालाई बताउँदै आएका छन् । पार्टी अध्यक्षद्वयले भने सबै नेतालाई चित्त बझाउने गरी निर्णय लिने प्रयास गरिरहेका छन् । बुधबारसम्मको राजनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा सुभाषचन्द्र नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको छ। यो समाचार राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

33196