देशैभर जाडो, विद्युत माग उच्च

फाइल फोटो

पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ।

देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो। आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन्।

शनिबार काठमाडौँ उपत्यकाको तापक्रम ०.६ डिग्री सेन्टिग्रेट मापन भयो। देशभर तापक्रम घट्दै जाँदा घरायशी उपभोक्ताले विद्युतीय हिटर, कुलर एयर कन्डिसन, बोइलर इन्डक्सनजस्ता उपकरण चलाउन चाहँदा विद्युत् माग उच्च रूपले बढेको छ।

हिउँदका समयमा विगतमा तराई क्षेत्रमा कम माग हुन्थ्यो तर यो वर्ष त्यहाँको प्रवृत्ति फेरिएको छ । प्राधिकरणका अनुसार खपत तराईमा पनि खासै घटेको छैन । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार २०७५ पुस ११ गते साँझभन्दा ०७६ पुस ११ मा ११२ मेगावाट विद्युत् माग बढी भयो।

जाडो लागेसँगै शुक्रबार नै सबैभन्दा धेरै देशभर १३३८ मेगावाट विद्युत् माग रेकर्ड भएको छ । यसअघि लक्ष्मीपूजाका दिन एक हजार ८९ मेगावाट रेकर्ड भएको थियो।

प्राधिकरणमा लोड डिमान्ड औसतमा २५ प्रतिशतले बढेको छ। गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन्।





Comments

comments

33233