हेटौँडा हुँदै हुँदैन

फाइल फोटो

काठमाडौँ । हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको निर्णयप्रति सोही पार्टीका सांसदहरुले विरोध जनाएका छन्।

निर्णयले संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाउँदै उनीहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । उनीहरुले यसलाई विधि र प्रक्रिया मिचेर गरिएको निर्णयको संज्ञा दिएका छन्।

संघीयतालाई व्यावहारिक अनुभूत हुने गरी प्रदेश नम्बर ३ को पहिचना र संस्कृतिका आधारमा नामाकरण गर्नुपर्नेमा पञ्चायतकालमा राखिएको बागमती अञ्चलको नामबाटै प्रदेशको नाम राख्नु संघीयताको मर्मतविपरित रहेको प्रदेश सांसदहरुको धारणा छ।

काभ्रेलाई प्रदेश राजधानी प्रस्ताव गर्नेमध्ये प्रस्तावक चन्द्र लामाले सचिवालयको निर्णयले संसदको सर्वोच्चतामाथि प्रशन उठेको बताए।

त्यस्तै, प्रदेश नम्बर ३ का कानुन तथा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश ३ को नाम नेवाः–ताम्सालिङ–बागमती राख्नुपर्नेमा नभएको बताउँदै भने, ‘संघीयता खोलाले हैन जनताले मागेको हो । बागमती मात्र राख्दा संघीयताको मर्मअनुकूल भएन।’ नेपाल समाचारपत्र दैनिकमा समाचार छ।





Comments

comments

33252