हङकङमा ‘भिजिट नेपाल २०२०’ भब्यरुपमा उद्घाटन

रबिन लिङदेन लिम्बु –

हङकङ, ७ जनवरी । नेपाल सरकारले सन् २०२० मा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल २०२०’ कार्यक्रम गरेसंगैं हङकङमा पनि भब्य रुपमा प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

सेन्ट्रलस्थित अब्जरबेसन ह्विलमा हङकङको एक्सन कमिसनर कमिसन अफ टूरिजम मिस क्याट्रीन चोईको प्रमुख अतिथिमा प्रबर्द्धन कार्यक्रमको उद्घाटन गरिएको थियो।

नेपाल सरकारको तर्फबाट महावाणिज्यदूत कमल प्रसाद भट्टराईले मिस चोईसहित सबैलाई धन्यवाद दिदै नेपालको प्रबर्द्धन र त्यहाँको आकर्षणबारे बताएका थिए। कार्यक्रममा तीन पटक सगरमाथा आरोहण गरेका हङकङका जोन चाङ ची सिङलाई मिस चोइ र महावाणिज्यदूत भट्टराईले गुडविल एम्बास्टरको प्रमाण पत्र प्रदान गरेको थियो।

हङकङको सबै भन्दा धेरै पर्यटकीय क्षेत्र मानिने अति ब्यस्त सहर हङकङ साईडलाई लक्षित गरि भिजिट नेपालको ठूल्ठूला ब्यानर, आकर्षक टि–सर्ट, नेपालको मौलिक पोषाक, नेपाली टोपी, बाजा–गाजा, ढोल–झ्याम्टा, नेपाली झण्डा, प्लेकार्डसहित विभिन्न जातिय झाँकी प्रदर्शन गर्दै परिक्रमा गरिएको थियो।

पर्यटक प्रयोजनको दुई तले पाँचवटा खुला बसमा घुम्ने क्रममा उक्त विग बसले समेत डिजिटल स्क्रिनमा “भिजिट नेपाल २०२०” लेखेर प्रबर्द्धक कार्यक्रमलाई सहयोग गरेको थियो।

संयोजकसहित नेपाली प्रतिनिधिमूलक नौ वटा संघ–सस्था मिलेर आयोजना गरेको प्रबर्द्धन कार्यक्रममा अन्य तीन दर्जन संघसस्थाको प्रतिनिधि गरि ४०० नेपालीको सहभागिता रहेको थियो। हङकङ युनिभर्सीटीका विद्यार्थीहरुसहित स्थानीय चाइनिज समेत सहभागी रहेको विगबस यात्रामा अन्य यात्रु तथा दर्शकले हात हल्लाएर स्वागत गरेका थिए।

नेपाली महावाणिज्य दूतावास हङकङ संयोजक रहेको प्रबर्द्धन समितिमा सह–संयोजक गैरआवासीय नेपाली संघ हङकङ, नेपाल एयरलायन्स हङकङ, नेपाली महासंघ हङकङ, आदिवासी जनजाति महसंघ हङकङ, नेपाल चेम्बर अफ कमर्स, प्रवासी नेपाली एकता मञ्च हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङ सदस्य रहेको थियो।

“नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धन कार्यक्रम”को लागि स्थापित समितिले हङकङमा एक वर्षसंगै रहेर ‘भिजिट नेपाल २०२०’ को विभिन्न कार्यक्रम गर्ने सदस्य संस्थाको प्रतिनिधिले बताए।

फोटोः रबिन लिङदेन लिम्बु
नेपाल भ्रमण वर्ष २०२०को थप फोटोहरु यहाँ हेर्नुहोला





Comments

comments

33365