हङकङमा किरात येले संवत ५०८० र कक्फेक्वा तङनाम सम्पन्न

फोटोः रबिन लिङदेन लिम्बु 

रबिन लिङदेन लिम्बु –

हङकङ, १४ जनवरी। किरातीहरुको सबै भन्दा पुरानो चाड कक्फेक्वा तङनाम (माघे सक्रान्ती) तरुलको टिका लगाउदै मनाएको छ।

तङनाम संगै नयाँ वर्ष (कुसंङ तंबे) येले संवत ५०८० पनि संगै मनाइएको हो।

किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ८४ वर्षीया असारमति ओर्खाबुको हातबाट तरुलको टिका लगाउदै चाड तथा नयाँवर्ष मनाएको थियो।

जोर्डनस्थित आफ्नै हिममा हिजो आइतबार साँझ सबैले टिका लगाउदै, खादै एक अर्कामा खुसि साट्दै, शुभकामना बाड्दै कार्यक्रम सम्पन्न गरेको थियो।

तेह्रथुम हङकङ मञ्चका अध्यक्ष देवेन्द्र खापुङले कार्यक्रममा इतिहासका कुरा गर्दै किरातकालदेखि नै किरातीहरुले मनाउदै आएको चाडलाई सम्मानपूर्वक अझ भब्यरुपमा मनाउनुपर्ने धारणा राख्दै सबैलाई शुभकामना दिए।

विशेष गरेर लिम्बु जातिहरुले चाँप फुलेको समयमा कक्फेक्वा तङनाम, पंयु फुल्दा चासोक तङनाम, आरु फुल्दा यक्वा तङनाम र सिमि फुल्ने समयमा सिसेक्पा तङनाम मनाउने भन्दै किरात याक्थुङ चुम्लुङ हङकङका सल्लाहकार भुपेन्द्र चेम्जोङले सबैलाई सुस्वास्थ्य दिर्घायु एवं उत्तरोतर प्रगतीको शुभकामना दिए।

कार्यक्रममा फिलिपिन्सबाट एमबिबिएस सकेर कार्यक्षेत्रको लागि हङकङमा तयारी गर्दै गरेका २७ वर्षीया डा. कबिता लिम्बुलाई सम्मान गरिएको थियो।

सम्मान गर्ने क्रममा समाजसेवी चीना वनेम, पत्रकार रबिन लिङदेन, विजय सुब्बा, देवमान तुम्बाहाम्फे, ट्राईल रनर बेदराज सेलिङ, रबिन लिम्बु, कानुनी विषयमा दिल्लीबाट ब्याचुलर गरेका सेन्छेलुङ चेम्जोङ र सिभिल इन्जिनियर डिना ताम्लिङलाई सम्मान–प्रत्रसहित सम्मान गरेको थियो।

किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष असली वनेमले आफ्नै भाषामा सम्बोधन गर्दै सबैसंग शुभकामना बाडेका थिए। उपाध्यक्ष, समसेर तुम्बाहाम्फे, महासचिव इन्द्र लोक्सम, सचिव लक्ष्मी पन्धाकले ड्यासबाट शुभकामना बाढेका थिए। त्सस्तै, हङकङ नेपाली महासंघको महासचिव नबिन सुहाङ, आदिवासी जनजाति युवासंघका अध्यक्ष विजय बोखिम, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष क्षत्र फुरुम्बोले कार्यक्रममा शुभकामना दिएका थिए।

औपचारिक कार्यक्रम सकिएलगतै कलकार कमान ध्यवज लाओती, रोशा सामसोहाङ, संगीता आङबुहाङ, चन्द्र अन्छङबोले हाक्पारे, पालाम, ख्याली, लोक तथा आधुनिक गीत गाएर दर्शक श्रोताहरुलाई मनोरञ्जन दिलाएका थिए।





Comments

comments

33472