कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हाई अलर्ट’

विमानस्थलमा कडाइ

कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ। विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ।

कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पु¥याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्कलाई सकृय बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको जनाएको छ।

त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ । शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एम्वुलेसमा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ । यो समाचार  राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33615