साउदीमा बढेको तलब कामदारले पाएनन्

फाइल फोटो

नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका हुन्।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सीप अनुसारको मासिन पारिश्रमिक र खाना सूविधा सम्बन्धी निर्णय गरेको भएपनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन।

साउदीस्थित नेपाली दूतावासले हालै सार्वजनिक गरेको २०७६/७७ को प्रथम चौमासिक प्रगति प्रतिवेदनमा कतिपय रोजगारदाताले श्रमिकको सेवा सुविधा नेपाल सरकारले तोके अनुसार नदिएको जनाएको छ। यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33843