साउदी गएका महिलाले पाउँदैनन् तलब

फाइल फोटो

रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाई र कन्ट्राक्टिङ कम्पनीमार्फत् काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ।

साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर विचल्लीमा पर्ने गरेको पाइएको हो।

यसरी बिचल्लीमा परेर नेपाली दूतावासमा उजुरी दिनेमध्ये सप्ताइ र कन्ट्राक्टिङ कम्पनीहरुमा काम गरिरहेका नेपाली महिला धेरै छन् । सोझै रोजगारीका लागि साउदी अरब जान महिला कामदारका लागि विभिन्न प्रक्रिया पार गर्नुपर्ने भएकाले यो प्रक्रिया छल्न सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरुमा पठाइने गरेको पाइन्छ । यस्ता कम्पनीमा काम गरिरहेका नेपाली महिलाहरु पारिश्रमिक, आवास। कार्यस्थल, घर फिर्ति, औषधोपचार लगायतका सुविधाबाट बञ्चित हुने गरेको दूतावासले जनाएको छ। यो खबर कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33902