सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव…!

फाइल फोटो

चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ।

चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो।

नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्दै आएका छन्। सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो। अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिएन थालेको छ।

औषधि उत्पादन हुने कच्चा पदार्थ, लुसन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको छ। कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको मूल्य बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ। पछिल्लो दुई महिनामा मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको छ। यो समाचार राजधानी दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33991