विपन्नको उपचारलाई ५० करोड निकासा

फाइल फोटो

सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ।

माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकहरुलाई औषधि उपचार सेवा दिएवापत सूचीकृत सेवाप्रदायक अस्पातालहरुलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो।

समितिको निर्णयअनुसार अघिल्लो निर्णयमा सम्झौता भइसकेका र हाल सम्झौता भएका मेडिकल कलेज , सरकारी अस्पताल र गैरसरकारी अस्पतालहरुलाई शोधभर्ना मागअनुसारको अनुदान रकम भुक्तानी गरेको हो।

सरकारले मुटुरोग, मृगौतारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया रोग लागेका नागरिकलाई औषधि उपचारका लागि अनुदान दिँदै आएको छ। यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।





Comments

comments

34078