हङकङका सबै विद्यालय अप्रिल २० सम्म बन्द रहने..!

फोटोः 247 News TODAY

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २५ फेब्रुअरी। लुनार न्यु इयरदेखि बन्द रहेका हङकङका सबै विद्यालयहरु अप्रिल २० तारिखसम्म नखुल्ने भएको छ।

कोरोनाभाइरस (कोभिड नाइन्टिन)को प्रकोपका कारण किन्डरगार्टन, प्राथमिक र माध्यमिक विद्यालयहरू बन्द रहने शिक्षा सचिव केभिन येउङले मंगलवार बताए।

येउङले मार्च २७ तारिख हुने भनिएको डीएसई परीक्षा भने सञ्चालन हुने बताएका छन्। परीक्षा परिणाम जुलाई १५ तारिखसम्म ढिलाइ हुनेछ।
उनले विद्यालय बन्द रहे पनि कक्षाहरु अनलाईनमार्फत सञ्चालन हुने बताएका छन्।

सरकारले लुनार न्यु इयर होली डेको बिदालाई पहिलो पटक फेब्रुअरी १७ सम्म विस्तार गरेको थियो। त्यसपछि मार्च २ र मार्च १६ गर्दै चौथौं पटक विदालाई विस्तार गर्दै अप्रिल २० तारिखसम्म पुर्याएको हो।

हङकङमा कोरोनाभाइरसबाट दुई जनाको ज्यान गइसकेको छ। कोरोनाभाइरस संक्रमितको संख्या यो समाचार तयार पारुञ्जेलसम्म ८१ जना पुगेको छ।

[table “” not found /]





Comments

comments

34104