कीर्तिपुर, भक्तपुरलगायत यी हुन् नेपालका सबैभन्दा प्रदुषित १० शहर

हावाको गुणस्तर मापन गर्दै आएको स्वीस तथा अमेरिकी कम्पनी आइक्युएयरले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको प्रदुषण सन् २०१९ मा घटेको छ।

प्रतिवेदनले गत वर्ष नेपालको जनसंख्याको आधारमा हुने प्रदूषण घटेको देखाएको हो । आइक्युएयरले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको हावाको गुणस्तर संवेदनशील केही समूहका लागि अस्वस्थकर देखिएको छ।

सन् २०१९ मा नेपालमा हावाको गुणस्तर मापक पीएम स्केल पीएम २.५ औसत ४४ दशमलव ४६ मायक्रोग्राम प्रति वर्गमिटर थियो। सन् २०१८ मा यो सूचक ५४ दशमलव १६ माइक्रोग्राम प्रति वर्गमिटर थियो। यसले नेपालमा हावाको गुणस्तरमा सुधार भएको देखाएको छ।

आइक्युएयरको तथ्यांक अनुसार नेपालको सबैभन्दा प्रदूषित शहर काठमाडौं हो। काठमाडौंको हावाको गुणस्तर सूचक (एक्युआई) १३४ छ। काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पनि १३७ औं स्थानमा छ।

दोस्रो प्रदुषित शहर वीरगञ्ज हो। वीरगञ्जको हावाको गुणस्तर सूचक १२८ छ। यीबाहेक नेपालका शीर्ष १० प्रदूषित शहरमा सिद्धार्थनगर, धनकुटा, कीर्तिपुर, बुटवल, भक्तपुर, भरतपुर, पोखरा र तुलसीपुर छन्।

यस्तै, सन् २०१९ मा भारतीय शहर विश्वभर सबैभन्दा प्रदूषित देखिएका छन्। प्रतिवेदनले सार्वजनिक गरे अुनसार सबैभन्दा प्रदुषित २० शहरमा १४ ओटा भारतीय शहर छन्। यो खबर आजको आर्थिक अभियानमा प्रकाशित छ।





Comments

comments

34149