कोरोना भाइरस नेपालको कुना–कुनामा गइसकेको छ। एक्कासि धेरै मानिसको मृत्यु भयो या धेरै बिरामी भए भने मात्र यसको प्रभाव के हो भन्ने थाहा हुन्छ।
बितेको २ वर्षमा निमोनिया र श्वास प्रश्वासको समस्याबाट कति मान्छेको मृत्यु भयो र कति मान्छे निको भएर फर्किए भन्ने तथ्याकं अहिलेसम्म बाहिर आएको छैन।
अब आउने तथ्याकंलाई सरकारले नलुकाई बाहिर ल्याउनुपर्छ। नेपालबाट अष्ट्रेलिया गएका व्यक्तिमा कोरोना भाइरस प्रमाणित भइसकेको भनेपछि यहाँ छैन भन्न मिल्दैन। यत्ति हो कि कोरोनाले उग्र रुप लिएको छैन र बिरामीहरु अस्पताल भर्ना भइसकेका छैनन्।
हाम्रोमा तयारी नै पुगेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा कुनामा मात्र थर्मोमिटर राखेर केही हुनेवाला छैन। कोरोनाको संक्रमण देखापर्न २ देखि १४ दिन लाग्छ। यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छन्।


