Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पहिलो स्कुल डान्स आइडलको उपाधि इसन विश्वकर्मालाई – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

पहिलो स्कुल डान्स आइडलको उपाधि इसन विश्वकर्मालाई

.

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित १० दिने औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित पहिलो स्कुल डान्स आइडल २०७६ को उपाधि सैनिक आवासीय माविका छात्रा इसन विश्वकर्माले हात पार्न सफल भएका छन्।

पब्लिक हाईस्कुलको खेल मैदानमा आयोजित मेलाको समापन समारोहमा भएको स्कुल डान्स आइडल फिनाले प्रतियोगितामा विश्वकर्माले उपाधिसँगै नगद ५० हजार ५ सय ५१ रुपैयाँका साथमा प्रमाणपत्र र मायाको चिनो समेत हात पारे।

यस्तै सुनाखरी इङलिस बोर्डिङ स्कुल धरानकी बिनिसा राई दोस्रो बन्दै नगद २५ हजार ५ सय ५१ रुपैयाँका साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरिन् भने आवरहोम बोर्डिङ स्कुल धरानकी करिश्ता राई तेस्रो बनिन्। उनले नगद १५ हजार ५ सय ५१ रुपैयाँका साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरिन्।

.

युनाइटेड डान्स एकेडेमीको संयोजन तथा सिल्भर इन्टर टेनमेन्टको व्यवस्थापनमा कार्यक्रम आयोजना भएको प्रतियोगिताका मुख्य निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई, धरानकी नृत्य निर्देशक नन्दनी राई र निका मोक्तान रहेका थिए।

बिजेताहरुलाई आयोजक संस्थाका अध्यक्ष गिरीधारी सापकोटा, कार्यक्रम संयोजक शिवराज श्रेष्ठ, कोषाध्यक्ष गोपाल श्रेष्ठ एवं निर्णायकहरु समेतले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा धरानका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरु गरी १७ वटा विद्यालयका २८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमा सहभागी २८ बाट दोश्रो चरणमा १५ जना छनौट भएका थिए भने अन्तिम फिनालेमा १० जना प्रतिस्पर्धीलाई मात्र लगिएको थियो।





Comments

comments

34551