अमेरिकामा २ नेपालीको मृत्यु, कोरोना संक्रमणको आशंका

अमेरिकामा दुई नेपालीको मृत्यु

काठमाडौं, २३ चैत्र। अमेरिकाको न्यूयोर्कमा दुई जना नेपालीको मृत्यु भएकाे छ।

मृत्यु हुनेहरुमा मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्ट रहेकाछन्। उनीहरुकाे मृत्युमा कोरोना संक्रमणको आशंका गरिएकाे छ।

मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ।

अन्दाजी ४० बर्षीय सोनाम आफ्नै कोठाभित्रै मृत भेटिएका थिए। उनी एक्लै बस्दै आएका थिए। उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए।

झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको ज्याक्सनहाइटस्थित बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको जनाइएकाे छ। थप विवरण आउन बाँकी रहेको छ।

यसअघि, न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल (रमेश) लिम्बुको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

अनिल (रमेश) लिम्बु

नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु १८ वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए। लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन्। लिम्बुले सुगर र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको थिए।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

35180