बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

स्वर्गीय घले

लन्डन। बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन भएको छ।

यो सँगै बेलायतमा मात्रै कोभिड १९ कै कारण निधन हुनेको संख्या करिब दर्जन पुगेको छ।

पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार निधन भएको छ। उनी एक केयर होममा काम गर्दै आएकी थिइन्।

वीनेपाली डट कमका अनुसार ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन्। अस्पताल पुर्याएको करीव ४ घण्टामा घलेको निधन भएको थियो। उनलाई जाँच गरेपछि ‘कोभिड १९’ भएको पुष्टि अस्पतालले गरेको छ।

स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन्। छोरा करीव एक बर्षमात्र उमेरको छ।

घलेको निधनसँगै सो घरमा बस्ने परिवारसहित सवै जना ‘आइसोलेसन’ मा छन्। अरुको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

35463