काठमाडौँ, ९ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेर समुदायमा पुग्ने स्थिति भएपछि मुलुकभरका ५९१ वटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ।
विद्यालयका क्वारेन्टाइनमा हाल कोरोना सङ्क्रमणको आशङ्का गरिएका दुई हजार ६७६ जनालाई राखिएको छ।
विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधारसमेत हुने भएकाले विद्यालयमा क्वारेन्टाइन बन्ने क्रम बढेको जानकारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ । केन्द्रका अनुसार प्रदेश १ मा दुईवटा विद्यालयमा पाँच, प्रदेश २ को एक सयवटा विद्यालयमा ३७९, बाग्मती प्रदेश १८ वटा विद्यालयमा १९ तथा गण्डकीमा १० वटा विद्यालयमा ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
यसैगरी प्रदेश ५ मा ६८ वटा विद्यालयमा २१, कर्णाली प्रदेशका २०१ वटा विद्यालयमा ५६३ तथा सुदूरपश्चिम प्रदेशमा १९२ वटा विद्यालयमा एक हजार ६४८ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा धेरै मानिस विद्यालयको क्वारेन्टाइनमा रहेको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिएका छन्। याे खबर गोरखापत्रमा छापिएकाे छ।
[table “” not found /]
[table “” not found /]
[table “” not found /]
[table “” not found /]