नेपालमा २ सङ्क्रमित थपिए, २ कोरोना जितेर घर फर्किए

फाइल फोटो

सम्वाददाता / एचकेनेपाल डट कम –

काठमाडौं, ११ वैशाख। नेपालमा कोरोना भाइरसको दुई सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीवार आयोजना गरेको नियमित प्रेस ब्रिफिङकामा उदयपुरको त्रियुगा नगरपालिका -३ भुल्केकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जनाएको छ। यससंगै कोरोना सङ्क्रमितको संख्या ४७ पुगेको छ।

कोरोनाभाइरस संक्रमण जितेर विहीवार दुई जना घर फर्किएका छन्। पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर घर फर्केको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। यससंगै कोरोना जित्नेको संख्या ९ पुगेको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35805