बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन..

इरफान खान

न्युज डेस्क / एचकेनेपाल डट कम –

२९ अप्रिल। बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन भएकाे छ।

मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उनकाे उपचारकाे क्रममा बुधबार निधन भएकाे हाे। अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मंगलवार अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

इरफानलाई सन् २०१८ मा न्यूरोइन्डक्रिन ट्युमर क्यान्सर भएको थियो। लामो उपचारपछि उनी निको भएका थिए।

उनले पानसिंह तोमर, मकबूल, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जुर्‍यासिक वर्ल्ड, स्लमडग मिलीअनेअरजस्ता बलीवुड र हलीवुडमा बनेका चर्चित चलचित्रमा अभिनय गरेका थिए।

राम्रा कलाकार भनेर चिनिएका खान सन् २०११ मा पद्मा श्री अवार्डबाट सम्मानित भएका थिए।

केही समयअघि खानकी आमा सईदा बेगमको पनि जयपुरमा निधन भएको थियो। लकडाउन र अस्वस्थ्यका कारण इरफान खानले आमाको अन्तिम संस्कारमा सहभागी हुन सकेका थिएनन्। उनी भिडियाे कलबाटै आमाकाे अन्तिम संस्कारमा सहभागी भएका थिए।

खानका श्रीमती र दुई छाेरा छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

35989