सामान ल्याएपछि तातोपानीमा विवाद

तातोपानी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ।

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो।

बल्लतल्ल खुलेको नाकाबाट स्वास्थ्य र खाद्यान्न आयात गर्नुपर्ने पक्षमा भोटेकोसी गाउँपालिका रहेको छ।

‘चीनको वुहानबाट कोरोना भाइरस फैलिएकाले यहाँका स्थानीय त्रसित छन्, ’ गाउँपालिका उपाध्यक्ष दाबुट्टी शेर्पाले भनिन्, ‘यस्तो बेलामा नाका सञ्चालन हुँदा कोरोना फैलिन्छ भन्ने त्रास हो। व्यापारिक प्रयोजनका लागि स्याउ र लसुन आयात गर्न यो बेला उचित छैन भन्ने स्थानीयको बुझाई छ।’

सुरुवाती छलफलमा स्वास्थ्य सामाग्री मात्र आयात गर्ने कुरा भए पनि अहिले स्याउ र लसुन आयात भएपछि विवाद बढेको उपाध्यक्ष शेर्पाले बताइन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36074