हङकङ समाचारः सेकण्डरी स्कूल मे २७ देखि खुल्ने..

फोटोः 247 News TODAY

पशन तमू / एचकेनेपाल डट कम-

हङकङ, ५ मे। कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि बन्द रहेका हङकङका विद्यालयहरु छिट्टै खुल्ने भएका छन्।

सेकण्डरी (माध्यमिक) विद्यालय मे २७ तारिखबाट खुल्ने स्रोतलाई उल्लेख गर्दै स्थानीय पत्रिका साउथ चाइना मोर्निङ पोष्टले जनाएको छ।

यद्यपि, सेकण्डरी स्कूलका फर्म थ्रीदेखि फर्म फाइभसम्मका सिनियर विद्यार्थीको मात्र कक्षा सञ्चालन हुने छन्।

त्यसमुनिका सेकण्डरी विद्यार्थी र प्राइमरी पि फोरदेखि पि सिक्ससम्मका कक्षा जुन ८ तारिखदेखि सञ्चालन हुनसक्ने पोष्टले जनाएको छ।

विद्यालय खुले पनि विद्यार्थीहरुले १ मिटरको दूरी कायम गर्नु पर्ने छ। कक्षा आधा दिनमात्र सञ्चालन हुने छन्।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

36149