Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोरोनाबाट विश्वभर ३ लाख ४६ हजारकाे मृत्यु, अमेरिकामा करीब १ लाखकाे मृत्यु – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कोरोनाबाट विश्वभर ३ लाख ४६ हजारकाे मृत्यु, अमेरिकामा करीब १ लाखकाे मृत्यु

फाइल फाेटाे

न्युज डेस्क / एचकेनेपाल डट कम –

२५ मे, विश्वभर कोरोना भाइरस (कोविड १९)को सङ्क्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ लाख ४६ हजार नाघेकाे छ। सङ्क्रमितको संख्या ५५ लाख नाघेको छ।

अमेरिकामा मात्रै कोरोना सङ्क्रमणका ९९ हजार ३०० जना मानिसले आफ्नाे ज्यान गुमाएका छन्। सङ्क्रमितको संख्या १६ लाख ८७ हजार नाघेको छ। बेलायतमा ३६ हजार ७ सय ९३ जना मानिसकाे ज्यान गएकाे छ भने २ लाख ५९ हजारमा काेराेना सङ्क्रमणकाे पुष्टि भएकाे छ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणबाट ४ हजार बढी मानिसकाे ज्यान गएकाे छ। सङ्क्रमितको संख्या १ लाख ३८ हजार नाघेकाे छ।

नेपालमा ६०३ जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएकाे छ। तिमध्ये ८७ जनाले काेराेना जितेर स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन्।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले सबैभन्दा ठूलो प्रभाव अमेरिका, ब्राजिल, रुस, स्पेन, बेलायत र इटालीमा पारेको छ।

[table “” not found /]


[table “” not found /]


[table “” not found /]


[table “” not found /]





Comments

comments

36387