काेराेनाबाट नेपालमा पहिलो मृत्यु

फाइल फाेटाे

काठमाडौं, ३ जेठ। नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया सुत्केरी महिला रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

उनकाे गएराति मृत्यु भएको थियो। ज्वरो र अत्याधिक स्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिदै गर्दा बाटोमै मृत्यु भएको थियो।

उनी त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए। डिस्चार्ज हुंदा आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो।

महिलाकाे कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब टेष्ट गर्दा पोजेटिभ देखिएको थियो।

महिलाकाे मृत्युपछि उनकाे घर र माइती गाउँलाई सिल गरिएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36422