काेराेनाबाट नेपालमा थप १ जनाकाे मृत्यु, सङ्क्रमितकाे संख्या २९५ पुग्याे

फाइल फाेटाे

काठमाडौं, ४ जेठ। काेराेना सङ्क्रमणबाट नेपालमा आइतवार थप एक जनाकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा बाँकेको नरैनापुरका युवक रहेका छन्। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिलाकाे मृत्यु भएकाे थियाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार थप तीनमा काेराेना सङ्क्रमणकाे पुष्टि भएकाे जनाएकाे छ। उनीहरु धनकुटाकी ३४, मोरङको विराटनगरकी २९ वर्षीया महिला र विराटनगरकै ३६ वर्षीय पुरुष छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

यससंगै नेपालमा काेराेना सङ्क्रमितकाे संख्या २९५ पुगेकाे छ। उनीहरुमध्ये ३६ जनाले काेराेना जितेर निकाे भएका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36453