Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेश पायलले गाए सोल्टीको गीत

एचकेनेपाल डट कम संवाददाता –
‘पैसा छैन गोजीमा, मायालुको खोजीमा’ बोलको कमेडी गीतबाट चर्चामा आएका कलाकार तथा कमेडियन गायक गुरुङ सोल्टीले नेपालका व्यस्त एवं चर्चित गायक राई ईज किङ राजेशपायल राईको स्वरमा आफ्ना दुई गीतहरु रेकर्ड गराएका छन्।

‘नेपाली संगीत तथा गायन क्षेत्रका किङले आफ्नो गीत गाईदिदाँ आफू उत्साहित भएको’ सोल्टीले बताए।

खेल तथा खेलाडीमा सर्मपित गीत, ‘हामी देशका लागि खेल्छौं, हामी हाम्रा लागि खेल्छौं।’ र अर्को, प्रेम भावको मार्मिक गीत ‘केही त भनिदेऊ’ राजेशपायल राईकै लागि लेखेको र उनको स्वरमा रेकर्ड गराउन पाउदाँ गीतलाई न्याय मिलेको सोल्टीले हर्षित मुद्रामा बताए।

सोल्टीको शव्द तथा संगीत रहेको दुबै गीत अनामनगर, काठमाण्डौंका एरेन्जर तथा गिटारिष्ट विकास (भूजेल) गुरुङले एरेन्ज गरेका हुन्। सोल्टीको हङकङकी साथी खुशी गुरुङले ‘केही त भनिदेऊ’ बोलको गीतको शब्दमा साथ दिएकी हुन्। काठमाडौंको रेवल क्रियशनमा रेकडिष्ट विजय श्रेष्ठले रेकर्ड गरेका हुन्। दुबै गीत सोल्टीको जन्मदिनको अवसरमा माघ १८ गते रिलिज गरिने, सोल्टीले जनाए।





Comments

comments

3649