प्रस्तावित सुरक्षा कानूनविरुद्ध हङकङ‌मा विरोध प्रदर्शन…

फोटो: सामाजिक सञ्जाल

न्युज डेस्क / एचकेनेपाल डट कम-

हङकङ, २४ मे। हङकङ‌का लागि चीनले प्रस्ताव गरेको सुरक्षा कानूनको विरोधमा हङकङमा विरोध प्रदर्शन भइरहेको छ।

राष्ट्रिय सुरक्षा कानूनको विरोध गर्न हजारौं प्रदर्शनकारीहरू आइतवार दिउँसो कोजवे बे र वान चाईका सडकमा उत्रिएका थिए।

प्रदर्शनकारीले एक बटिक पसल र ट्राफिक लाइटहरुमा तोडफोड गरेका छन्। प्रदर्शनकारीले ठाउं ठाउंमा सडक अबरुद्धसमेत पारेका थिए।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न कम्तीमा चार वटा अश्रुग्यास प्रहार गरेका थिए। त्यस्तै वाटर क्यानोन प्रयोग गरिएको थियो।

प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनपछि पनि विभिन्न ठाउँहरुमा शंकाको भरमा चेक चाँच गर्दै पक्राउ गर्ने र छाड्ने गरिएको छ।

यसअघि, प्रहरीले पीपल पावर पार्टीका उपाध्यक्ष टम टाक-चीलाई गैरकानुनी सभामा भाग लिएको भन्दै कोजवे बेस्थित सोगोबाट पक्राउ गरेका थिए।

फोटो: सामाजिक सञ्जाल

फोटो: सामाजिक सञ्जाल

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36654