१७ लाख रुपैयाँ घुस लिँदा…

फाइल फोटो

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि घुस लिएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

सेवाग्राहीसँग १७ लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा परेका उनीहरुलाई अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। यो समाचार राजधानी दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

36883