कोरोनाबाट भारतमा ६ हजार बढीकाे मृत्यु

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

४ जुन, कोरोना भाइरस (कोविड १९)को सङ्क्रमणबाट छिमेकी मुलुक भारतमा छ हजार बढीकाे ज्यान गएकाे छ।

भारतमा विहीवारसम्म कोरोनाबाट ६,०८८ जनाकाे ज्यान गएकाे छ। त्यस्तै, २ लाख १६ हजार ९ सय १९ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे छ। भारत विश्वकै साताैं सबभन्दा धेरै कोरोना संक्रमित देशकाे सूचीमा परेकाे छ।

विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ लाख ८८ हजार नाघेको छ। सङ्क्रमितको संख्या ६५ लाख ७३ हजार नाघेको छ।

अमेरिकामा मात्रै कोरोना सङ्क्रमणबाट १ लाख ९ हजार बढी मानिसले आफ्नाे ज्यान गुमाएका छन्। सङ्क्रमितको संख्या १९ लाख बढी पुगेको छ। बेलायतमा ३९ हजार ७ सयभन्दा बढीकाे ज्यान गएकाे छ भने २ लाख ७९ हजार जनामा काेराेनाकाे सङ्क्रमण भेटिएकाे छ।

नेपालमा कोरोनाबाट ९ जनाकाे ज्यान गएकाे छ। त्यस्तै कोरोना संक्रमितकाे संख्या २,३०० जना पुगेकाे छ। तिमध्ये २७८ जनाले काेराेना जितेर घर फर्किसकेका छन्।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले सबैभन्दा ठूलो प्रभाव अमेरिका, ब्राजिल, रुस, स्पेन र बेलायतमा पारेको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36941