नेपालमा कोरोना खोप बनाएको दाबी

फाइल फाेटाे

काठमाडौँ, कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन्।

जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुटिरहेका छन्।

विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा. दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थालिएको हो।

हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहनुभएका डा. दासले भने, “कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी खोप तयार गरेको छु। ”

उनले कोरोनाको सङ्कटमा विश्व फसिरहेको बेला योगदान गर्नुपर्छ भनेर थालेको अनुसन्धानमा सफलता पाएको दाबी गरेका छन्। उनले भने, “प्रयोगशालाको काम पूरा भएको छ, मैले गरेको खोज र अनुसन्धान विश्वविद्यालय र नेपाल सरकारको सम्पत्ति भइसकेको छ। अब थप अनुसन्धान राज्यको हो। ” उनले आफ्नो अनुसन्धानको परीक्षण कोरोना सङ्क्रमितमा गर्न बाँकी रहेकाले त्यो परीक्षणका लागि सरकारसँग आग्रहसमेत गरेका छन्। याे समाचार गोरखापत्रमा छापिएकाे छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36985