रुकुम घटनाका घाइतेहरु सुतेका बेला चिच्याउँदै भन्छन् ‘मलाई नमार्नुस्…’

फाइल फाेटाे

काठमाडौँ, भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ। टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ।

बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ। कहिलेकाहीँ घटना सम्झेर उनी झस्किरहेको छ । भेरी नगरपालिका–४ का नवराज विकसहित छ जनाको ज्यान जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा सुदीप घाइते भएको थियो। उनीसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाउन सफल भयो तर मरणासन्न हुनेगरी पिटिए।

सुदीपलाई प्रहरीले उद्धार गरी मिसन अस्पताल लगेको थियो। त्यहाँ उनलाई सकसपूर्ण दुई रात बिताउनुप¥यो । घाउ पूरा निको नभए पनि उनी त्रासकै कारण घर फर्किनुप¥यो । प्रहरी, सञ्चारकर्मी र अन्य आफन्तले के भएको हो रु कसरी घटना भयो रु सोधेर हैरान पारेपछि आफू घर आएको सुदीपको भनाइ छ। बेलाबेला उनलाई त्यही नवराज लगायतका साथीहरूले बचाउ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ।

“सुतेका बेलासमेत मलाई नमार्नुस् भन्छ,” मदनकी आमा लक्ष्मी शाहीले बताएका छन्।

सुविधा सम्पन्न अस्पतालमा लगेर शारीरिक र मानसिक समस्याको उपचार गर्ने सोच भए पनि आर्थिक अभावले कतै लैजान नसकेको उनले बताएका छन् । घरी पुलिसले बोलाउँछ, घरी युट्युबर लगायत आउँछन्, बोलाउँछन् । “थरिथरिका मान्छेलाई कति बयान दिनु ?” लक्ष्मीले भने, “अहिले पनि छोरो डराइरहेको छ ।” त्यही बयानकै कारण उनीहरूलाई फेरि आफूमाथि हमला होला भन्ने डर पनि छ । घाइते सरोज भडेलले भने, ‘कतिबेला कहाँ हामीलाई फेरि हमला गर्छन् । घर बाहिर निस्कँदा पनि डर लाग्छ । हाम्रो सुरक्षा कसले गर्छ ?’
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले घाइतेको जिल्लामै सामान्य उपचार गराउन सघाएको छ ।  उनले हाल घाइतेको जिल्लाबाहिर लगेर उपचार गर्ने पहल भइरहेको जानकारी दिएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

37247