हङकङ सरकारले बाँड्ने $१०,००० नगदको वितरण प्रक्रिया शुरु…

फाइल फोटो

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २१ जुन । कोरोनाको महामारीले गाँजेको बेला हङकङ सरकारले जनतालाई दिने भनिएको १० हजार हङकङ डलर राहत रकमको वितरण प्रक्रिया आइतवारदेखि शुरु भएको छ।

१० हजार हङकङ डलर नगद ह्यान्डआउटको लागि आवेदन दर्ता गर्ने अवधि आइतवारदेखि शुरू भएको छ। हङकङका सबै स्थायी बासिन्दाहरूले इन्टरनेट बैंकिङमार्फत वा कागजी फारम भरेर आवेदन दिन सक्ने छन्।

आवेदन फारम निम्न तरिकाले पेश गर्ने सकिनेछ।

१) व्यक्तिगत ई-बैंकिंङ साइटमार्फत,
२) बैंकको वेबसाइट मार्फत,
३) बैंकको शाखामा फारम भरेर,
४) वा पोष्ट अफिसमा आवेदन फारम भरेर।

बैंकको वेबसाइटमार्फत- (तल बैंकको नाममा क्लिक गर्नुहोला।)
HSBC Website
Hang Seng Website
Electronic registration through banks

जोसँग बैंक खाता छैन उनीहरूले हुलाकद्वारा चेक प्राप्त गर्न सक्नेछन्।

अनलाइन दर्ता गर्नेहरूले जुलाई ८ देखि रकम प्राप्त गर्ने अपेक्षा गरिएको छ। कागजी फारम बुझाउनेहरूले कम्तीमा जुलाई २० सम्म पर्खनु पर्ने अनुमान गरिएको छ।

गत फेब्रुवरीमा सरकारले १८ वर्षमाथिका प्रत्येक स्थायी बासिन्दालाई पर्ने आर्थिक भार कम गर्न १० हजार हङकङ डलर (१२ सय यूयस डलर) वितरण गर्ने घोषणा गरेको थियो।

सरकारको १० हजार ह्यान्डआउट्सको घोषणालाई विपक्षी दललगायत सबै राजनीतिक दलहरूले स्वागत गरेका थिए।

यसअघि, हङकङ सरकारले ४ हजार डलर र विद्यार्थीलाई ३ हजार पाँच सय हङकङ डलर राहत दिइसकेको छ। त्यस्तै, सरकारले कोरोना महामारीको समयमा कामदारको ६ महिनासम्म १८ हजार सीमा तोकेर तलबको ५० प्रतिशत ब्योहोरी दिने घोषणा गरेको थियो।





Comments

comments

37280