साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश
फाइल फोटो

नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने दाबी सरकारी तहबाट गरिएको छ।

पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो।

सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।

यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा देखिएको कोराना भाइरस नियन्त्रणमा आइसकेको र अन्य स्थानमा अहिलेसम्म विदेशबाट आइ क्वारेन्टाइनमा रहेका मानिसमा मात्र भाइरसको सङ्क्रमण फेला परेको उनको भनाइ छ।

वैशाख ५ गते पहिलोपटक उदयपुरस्थित त्रियुगा नगरपालिका–३ को झुल्केमा सङ्क्रमण देखिएको यस प्रदेशमा हालसम्म कुल ४६४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमध्ये २४५ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् २०३ जना उपचारको क्रममा रहेका छन् । जसमध्ये विराटनगर स्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २३ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्रमा ९८, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८२ जना रहेका छन् भने सो अन्य १६ जनाको उपचारको व्यवस्थापनको कार्य भइरहेको प्रदेश १ को सामाजिकविकास मन्त्रालयका प्रवक्ता सुरेश मेहताले बताए।

हालसम्म क्वारेन्टाइनमा रहेका र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरूको परीक्षणका लागि नमुना सङ्कलन गरिएकोमा अब परीक्षणको दायरा बढाएर समुदायस्तरसम्म पु-याउने तयारी भइरहेको सामाजिक विकासमन्त्री घिमिरेले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा नेगेटिभ देखिएर घर फर्किएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू, महामारी नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मीको पनि परीक्षणका लागि नमुना सङ्कलन गरिने छ।

सङ्घीय सरकारले क्वारेन्टाइनमा रहेका र कोरोना पोजेटिभ देखिएर अस्पतालमा उपचार गराइरहेका व्यक्तिमा १४ दिनपछि पनि कोरोना भाइरसको लक्षण नदेखिएमा बिनापरीक्षण घर पठाउन सकिने भनि निर्देशन गरेको छ । प्रदेश १ सरकारले क्वारेन्टाइनमा रहेका शतप्रतिशत व्यक्तिको परीक्षणका लागि नमुना सङ्कलन गर्नुका साथै परीक्षण पछि उपचार गराइरहेको व्यक्तिमा दुई पटकसम्म लगातार नेगेटिभ देखिएपछि मात्र घर पठाइएको मन्त्री घिमिरेको भनाइ छ।

अघिल्लो महिनाको तुलनामा भारतलगायत अन्य मुलुकबाट नेपाल भित्रिने मानिसको सङ्ख्यामा कमी आए पनि दक्षिण र पूर्वतर्फ भारतसँगको खुला सीमा प्रदेश १ का लागि प्रमुख चुनौति रहेको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । सीमापारीका भारतीय बजारहरू खुल्दै गएको र दैनिक उपभोग्य वस्तुदेखि कृषिजन्य प्रयोगका लागि मल तथा बीउ बिजन ओसारपसार गर्न दैनिकजसो भारतीय बजार पुग्ने व्यक्तिहरूबाट पुनः सङ्क्रमण फैलिन सक्ने मोरङको रतुवामाई नगरपालिका वडा नं ८ का वडाध्यक्ष गोपी चापागाईं बताउँछन्। गोरखापत्र दैनिकमा समाचार छ।
[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37327