बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ।
अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुन सक्रिय भएकाले देशभर बदली भई वर्षा हुने क्रम जारी छ । बीच–बीचमा रोकिए पनि वर्षा जारी रहने छ।
सुदूरपश्चिममा तुलनात्मक रूपमा कम वर्षा भए पनि गण्डकी, बाग्मती प्रदेश, प्रदेश १ र २ का विभिन्न क्षेत्रमा तीन दिन भारी वर्षा हुनसक्छ। योसँगै तराईको चुरे क्षेत्रमा लगातार वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
यसरी पहाडी भेगसँगै तराई क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले तराईका नेपाल–भारत सीमा क्षेत्रका नदीमा बहाव बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यो समाचार गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)